मुटु रोगबाट बच्ने तरिका

मुटु रोगलाई सुषुप्त हत्यारा भन्न थालिएको छ। मुटु र रक्तनलीसम्बन्धी रोग गम्भीर प्रकारका हुन्छन्। त्यसबाट मानिसको तत्काल मृत्युसमेत हुन सक्छ। उपचार खर्चिलो र जटिल छ। तर, रोगबाट बच्ने उपाय भने अपेक्षाकृत सस्तो, सजिलो र सुलभ छन्। यस वर्षको विश्व मुटु दिवसका नारा र प्रचार सामग्री विशेष गरी महिला र केटाकेटीप्रति लक्षित छन्। मुटुरोगबाट बच्ने उपाय घरबाटै सुरु गर्नुपर्ने र घरका महिला यसमा सजग भएमा परिवारका सम्पूर्ण सदस्यलाई नै रोगबाट बचाउन सकिने हुनाले विश्व मुटु महासंघले यस्तो कार्यक्रम ल्याएको हो। महासंघको अगुवाइमा हरेक वर्ष सेप्टेम्बर २९ का दिन मुटुरोग र यसबाट बच्ने उपाय सम्बन्धमा जनचेतना जगाउन विश्व मुटु दिवस मनाइन्छ। मुटु र रक्तनलीसम्बन्धी रोग विभिन्न प्रकारका छन्। जस्तै : कोरोनरी मुटुरोग र हृदयाघात, मुटुको बाथरोग, जन्मजात हुने मुटुको रोग, उच्च रक्तचाप, मस्तिष्कघात आदि। कोरोनरी मुटुरोग र हृदयाघात आजका जल्दाबल्दा समस्या हुन्। रोगको पहिचान र उपचार पद्धतिमा भएको ठूलो प्रगतिका बाबजुद अझै पनि एकतिहाइभन्दा बढी मानिसको पहिलो हृदयाघातमा नै मृत्यु हुन्छ। केही दशकअगाडिसम्म बुढ्यौली र धनी मानिसको रोग भनेर चिनिए पनि अचेल युवा उमेरका, मध्यम र निम्न आर्थिक अवस्था भएका मानिसमा समेत यो रोग देखिन थालेको छ।

Read More…


Heart-Healthy Diet

7 Tips for a Heart Healthy Diet

Lowering cholesterol means modifying your diet and understanding the importance of a heart-healthy diet. Lowering the amount of fat intake and eating the right foods all contribute to help you lower your cholesterol levels. Cholesterol contributes to the clogging of arteries due to higher levels of LDL – the bad cholesterol that causes to plaque buildup along the artery wall. If this is left untreated, the restriction of blood supply to your heart and rest of your body will cause the heart tissue to become damaged or even die. This is commonly referred to as arteriosclerosis, which can increase your risk of heart attack or stroke. Read More…