निगम र पेट्रोलियम व्यवसायीबीच वार्ता

२३ असार, काठमाडौँ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच इन्धन आपूर्ति सहज बनाउने विषयमा वार्ता भएको छ ।

निगम केन्द्रीय कार्यालयमा अहिले जारी छलफलमा अवरुद्ध ढुवानी सूचार गरी बजारमा रहेको तेलको हाहाकार कम गर्ने विषयमा छलफल केन्दि्रत रहेको निगम प्रवक्ता मुकुन्द ढुंगेलले जानकारी दिनुभयो । निगमले यसअघि आफूहरुसँग गरेको सहमति पालना नगरेको भन्दै ढुवानी व्यवसायी र पम्प सञ्चालकहरु पटकपटक हड्तालमा उत्रादा हालबजारमा पेट्रोलियम पदार्थको हाहाकार छ । रुट परिर्वतन गरी रक्सौल-काठमाडौँ रुटमा ५० वटा ट्याङकर सञ्चालन गर्नुपर्ने र त्यसो गर्न नहुने भन्दै ढुवानी र मध्यमाञ्चल डिलर्स एशोसियनसले तेल ढुवानी ठप्प पार्दै आन्दोलन गर्ने आएका छन् ।

यसैबीच तेल ढुवानी सहज गर्न र नियुक्तिपत्र दिने तथा तलव सुविधा बढाउने विषयमा यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै पेट्रोलियम मजदुरले निगम कार्यालय अगाडि धर्ना दिएका छन् ।

Comments

comments

Leave a Reply