Must read

  • चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ

    "चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ,
    र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ”।
    हितोपदेश 17:28 ESV

  • Is wisdom in the brain?

    Kathamandu- All true wisdom comes from God, who is the source of all wisdom. “For the Lord gives wisdom, and from his mouth come knowledge and understanding.” (Proverbs 2:6).

  • Making Right Decisions

    Most of us have trouble, anxiety, sadness with one area of life that we cannot escape making decisions. In our daily life everyday we have to decide what to do, when to do it, and how to do it. One wrong decision can wreck  a lifelong career or throw a family into financial disaster.

  • क्रिसमस कहिलेदेखि मनाउन थालियो?

    नयाँ करारका चारवटा सुसमाचार (मत्ती, मर्कुस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए ।

नेपालमै जन्मेर,नेपालमै सेवाकाइ गर्नुहुने नेपालको पहिलो पास्टर तिर बहादुर देवान

लेखक: पास्टर डिबि मुखिया डेविड।

हुन त हामी सबैलाइ जानकारी भएकै कुरा हो कि,नेपालको पहिलो पास्टर डेबिड मुखिया हुनु हुन्छ।कतिले नेपालको पहिलो पास्टर गङ्गा प्रसाद प्रधान हुन भन्ने गरेको पनि पाइन्छ।तर यथार्थ चाही यहि नै हो कि,नेपालमै जन्मेर,नेपालमै मण्डलि स्थापना गरि प्रभुको सेवाकाइ गर्नुहुने पहिलो नेपाली पास्टर तिर बहादुर देवान नै हुनु हुन्छ है।नेपालको पहिलो पास्टर डेबिड मुखिया भारतको कालेम्पोङको नागरिक हुनु हुन्थ्यो।डेबिड मुखिया भारतको कालेम्पोङबाट नेपालमा सेवाकाइ गर्न आउनु भएको नेपालको पहिलो मण्डली पोखरा रामघाट मण्डलिको पास्टर अनि नेपालको पहिलो पास्टर हुनुहुन्छ।तर नेपालमै जन्मेर,नेपालमै मण्डलि स्थापना गरि सेवाकाइ गर्नु हुने नेपालको पहिलो पास्टर भने तिर बहादुर देवान नै हुनुहुन्छ।अर्को कुरा काठमाडौको ठमेलमा जन्मनु भएर भारतको दार्जीलिङमा बस्न र सेवाकाइ गर्नु हुने र दार्जीलिङमै पास्टर अभिषेक हुनु भएर दार्जिलिङमै सेवाकाइ गर्नुहुने नेपाली मुलको पहिलो पास्टर भने गङ्गा प्रसाद प्रधान हुनुहुन्छ।तर नेपालमै जन्मेर नेपालमै मण्डलि स्थापना गरि नेपालमै सेवाकाइ गर्नुहुने नेपालको पहिलो पास्टर भने तिर बहादुर देवान नै हुनु हुन्छ है।नेपालमै जन्मेर नेपालमै मण्डलि स्थापना गरि नेपालमै सेवाकाइ गर्नुहुने नेपालको पहिलो पास्टर तिर बहादुर देवानको जन्म बिक्रम सम्बत १९७१ सालमा संखुवासभा जिल्लाको अम्रुवा गाउमा भएको हो।

Read More…


पूर्व मन्त्री ज्ञवालीले जाँदाजादै आम्दानी र खर्च सार्वजनिक गरेर नेपालको राजनीतिमा एउटा उदाहरणीय शिक्षा

काठमाडौं-जेठ २२, शुक्रबार मन्त्रीपरिषद्को पुनर्गठनपछि परराष्ट्रमन्त्री पदबाट मुक्त भएपछि पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पदभार सम्हालेको अवधिभरको सबै आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको छ। साथै सम्माननीय प्रधानमन्त्री र समूहप्रति आभार व्यक्त गर्दै नयाँ मन्त्रीहरूलाई बधाई तथा शुभकामना पनि दिनुभएको छ।  पूर्व मन्त्री ज्ञवालीले आफूलाई मत दिएका जनताप्रति पनि कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपालको राजनीतिमा ज्ञवालीले पदभारबाट विदा लिंदैगर्दा गरेको धन्यवाद तथा आधारको साथै आफ्नो आय व्यय सार्वजनिक गर्नुले आउने पीढिँलाई एउटा उदाहरणीय शिक्षा दिनुभएको छ। Read More…


नेपालका वरिष्ठ पास्टर रोबर्ट कार्थकले ९६ वर्षको उमेरमा प्रभुमा विश्राम लिनुभएको छ

Nepal’s a senior Pastor Robert Karthak has gone to be with the Lord. 

जेठ ४, काठमाडौं। नेपालको ख्रीष्‍टियन मण्डलीका प्रभुका अभिषिक्त र ख्रीष्‍टको सेवाको निम्ति समर्पित जन आदरणीय पास्टर रोबर्ट कार्थक ९६ वर्षको उमेरमा आज विहान प्रभुमा विश्राम लिनुभएको छ। नेपाली ख्रीष्टियन इतिहासमा आफ्नो सम्पूर्ण जीवन सेवाको निम्ति समर्पण गरेर, ख्रीष्‍टको अनुकरणिय जिवन जिउदै नेपाली ईशाई मण्डली ज्ञानेश्वर चर्चमा पास्टर रोवर्ट कार्थक  सेवारत  हुनुहुन्थ्यो। उहाँको सेवा क्षेत्र ज्ञानेश्वर चर्चमा भए पनि उहाँले नेपालका विभिन्न स्थानहरू, साथै विदेशी भूमिमा समेत ख्रीष्‍टको मण्डली स्थापना गर्नमा पुर्‍याउनु भएको ठूलो योगदानलाई नेापाली चर्चहरूले कहिल्यै विर्सने सक्ने छैनन्।  नेपालका मण्डलीहरूलाई एउटा नमूनाको जीवन जिउन प्रेरणा दिएर प्रभुमा विश्राम लिनुभएको छ। Read More…


पत्याउनै नसकिने, प्रशस्त प्रमाणहरू भएको एउटा घटना, येशूको मृत्यु र तेस्रो दिनमा मृत्युबाट जिवीत

क्रूसमा येशूको मृत्यु हेर्दा दु:खद भएपनि सारा मानव जातिको लागि सबैभन्दा ठूलो विजय हो। येशू ख्रीष्‍टको मृत्यु र पुनरूत्थानद्वारा सबै माननको निम्ति परमेश्वरको उपस्थितिमा जाने ढोका खोलिएको छ।

येशूलाई क्रूसमा टाँगेर सफल भयौ भन्ने यहूदी प्रधान पूजाहारीहरूले येशूलाई गिल्‍ला गर्नसम्म गरे। मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्‍ला गर्दै भने:

* “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्‌, र हामी यसलाई विश्‍वास गर्नेछौं” Read More…


येशूको दु:खको समय कसरी ख्रीष्‍टियनहरूको लागि असल शुक्रबार वा गुडफ्राइडे भयो?

***असल शुक्रबार अर्थात गुड फ्राइडे (Good Friday) !!
आजको दिन येशू ख्रीष्टलाई सामाजिक र धार्मिक मुद्दाको अभियोग लगाएर मृत्यू दण्ड पाउन योग्यको देखाउन धार्मिक मुद्दा हेर्ने कैयाफा प्रधान पूजाहारी सनहेड्रिन र सामाजिक मुद्दा हेर्ने हेरोद र पन्तियस पिलातसले छुट्टाछुट्टै येशूसँग वयान लिन्छन्।
अन्तमा येशूलाई ईश्वर-निन्दा र यहूदीको राजा हुँ भनेको अभियोग लगाएर यहूदीहरूको महासभाले येशूलाई मृत्यु दण्ड दिन बाध्य बनाउछ । भींड (बहुमत)को अगाडि हेरोद र पिलातसले येशूमा मृत्यु दण्ड पाउने योग्य नदेखेपनि यो दोषको पाप नलागोस भनेर हात धोएर पन्तियस पिलातसले भींडलाई सान्त पार्न वा मन बुझाउन येशूलाई क्रूसमा मृत्यु दण्ड दिन राजी भए। शुक्रबार विहान येशूलाई मृत्यु दण्डको लागि क्रूसमा चढाइन्छ। यही दिनलाई असल शुक्रबार वा गुड फ्राइडे (Good Friday) भनेर विश्वभरीका ख्रीष्टियनहरूले प्रार्थना सभा विविध कार्यक्रम राखेर येशूले मानव जातिको लागि सहेको कष्टलाई स्मरण गर्दछन्। नेपालका चर्चहरूमा पनि गुड फ्राइडेमा रक्तदान कार्यक्रम उपवास प्रार्थनाका साथै विभिन्न कार्यक्रम हुँदै आएका छन्।

Read More…