Must read

  • चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ

    "चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ,
    र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ”।
    हितोपदेश 17:28 ESV

  • Is wisdom in the brain?

    Kathamandu- All true wisdom comes from God, who is the source of all wisdom. “For the Lord gives wisdom, and from his mouth come knowledge and understanding.” (Proverbs 2:6).

  • Making Right Decisions

    Most of us have trouble, anxiety, sadness with one area of life that we cannot escape making decisions. In our daily life everyday we have to decide what to do, when to do it, and how to do it. One wrong decision can wreck  a lifelong career or throw a family into financial disaster.

  • क्रिसमस कहिलेदेखि मनाउन थालियो?

    नयाँ करारका चारवटा सुसमाचार (मत्ती, मर्कुस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए ।

चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ

"चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ,
र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ”।
हितोपदेश 17:28 ESV

Read More…


क्रिसमस डे मा पहिलोपटक सार्वजनिक विदा

येशू ख्रीष्टको जन्मदिन
25 December विश्वभरी क्रिसमस डे अथवा येशू ख्रीष्टको जन्म दिन धुमधामसँग मनाउँदै आइरहेको त सबैलाई अवगत नै छ। नेपालका मण्डलीहरुले वर्षौदेखि चर्चहरुमा क्रिसमस मनाउदै आफन्त, छिमेकीहरुमा खुसीयाली प्रदान गर्नुका साथै येशू ख्रीष्टमा मात्रै शान्ति, मुक्ति, उद्दार र अन्नत जीवन येशूमा मात्रै छ, भन्दै प्रचार गर्दै आएकाछन। नेपालमा २०४७ सालपछि चर्चहरूमा संगति गर्न स्वतन्त्रता भएपनि क्रिसमस डेमा सार्वजनिक विदा थिएन। पहिलो पटक नेपाल सरकारले २५ डिसेम्बर २००८ क्रिसमसमा राष्ट्रिय बिदा घोषणा गरेको थियो। सार्वजनिक विदा भएसँगै नेपालमा विभिन्न ठाउँहरुमा, डिपार्टमेन्टहरुमा, होटलहरुमा र कार्यालयहरुमा क्रिसमस डे को संकेत दिइरहेकाछन्। यसपटक नेपालमा क्रिसमस डे राष्ट्रव्यापीरुपमा भव्यताकासाथ मनाइएको छ। मेडियाद्वार विभिन्न च्यानलका टेलिभिजनबाट र पत्रपत्रिकाबाट सबैलाई इसाइहरुको महान चाड भनेर क्रिसमस डे भनेर जानकारी भएको छ।
काठमाडौंमा क्रिसमस भन्दा दुइहप्ता अगाडि देखि नै विभिन्न क्रिसमस कन्सर्टहरु, भेटघाट कार्यक्रम, क्रिसमस सेलेब्रेसन मनाउदै आएका थिए। २५ डिसेम्बर बिहिबारका दिन विश्वभरी क्रिसमस कार्यक्रमहरु मनाइएका छन्। नेपालका चर्चहरुमा पनि येशू ख्रीष्ट जन्मनुको मुख्य उद्देश्यलाई सबैले थाहा पाउन र चिनुन् र शान्ति, मुक्ति, उद्धार र अनन्त जीवन पाउन भन्ने उद्देश्य हर्षोउल्लसाका साथ क्रिसमस कार्यक्रमहरु मनाइएका छन्।

केही चर्चहरुको कार्यक्रमको छोटो रिपोर्ट:
नवजीवन मण्डली कुपण्डोलमा विहान १० बजेदेखि २ बजेसम्म क्रिसमस कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ५०० भन्दा बढि ख्रीष्टियानहरुको सहभागिता रहेको थियो। क्रिसमसको रमाइलो हेर्ने केही गैर ख्रीष्टियानहरुको सहभागिता पनि देखिएको थियो। परमेश्वरको आराधना, गीत भजनहरुबाट भएको थियो। येशू जन्मेका गीतहरु गाइएका थिए। केही नृत्य, कविता, नाटकहरुले सहभागीहरुलाई आनन्दित बनाएको थियो। येशू ख्रीष्टको जन्म दिनको बारेमा छोटो वचन टोमी र पा. सुमन गुरुङद्वारा भएको थियो। बेलुका ४ बजेदेखि ६ बजेसम्म टोलबासीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो।

दिउँसो मध्यान्न १२ बजे फेमिली अफ गड चर्चका पास्टर टंक सुवेदीको घरमा क्रिसमस कार्यक्रम समपन्न भयो। सो कार्यक्रममा पाहुनाहरुलाई बोलाएर भोज खुवाउनुका साथै चर्चका भाइबहिनीहरुले सुसमाचारिय नाटक, गितबाट क्रिसमसको अर्थलाई स्पष्ट्याएका थिए। पास्टर प्रकाश बगालेले हामी मानिस र परमेश्वरको बीच पापको कारणले बिभेद ल्याएको छ । पापको बिभेदलाई येशू ख्रीष्टद्वारा मात्र हटाउन सकिन्छ र उहाँद्वार पुनमिलापमा हुनसकिन्छ भन्ने सन्देश दिनुभएको थियो।

काठमाडौं प्रज्ञा भवनमा क्रिसमस सेलेब्रेसन आयोजित कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादवले धर्मको नाममा कोहि पनि अवहेलित नहोस भन्ने सन्देश दिनुभएको थियो।

अन्य ठाउँहरुमा पनि क्रिसमस कार्यक्रमहरु सम्पन्न भए: नेपालका पाँच तारे होटेल हायात, सोल्टी, याक एन्ड यति, सोल्टी र अन्नपूर्ण होटलहरुले विभिन्न विशेष कार्यक्रमहरु राखेका छन्।
दरबार मार्ग, ठमेलमा कन्सर्ट र क्रिसमस महोत्सव भव्यरुपले सम्पन्न भए।

 

 


क्रिसमस किन?

काठमाडौं- २५ डिसेम्बर २०२१। क्रिसमस ट्रि र झिलिमिली बत्ती । ठाउँ ठाउँमा क्यारोल सिङगिङ, डान्स । सजिसजाउ चर्चहल, होटेल, रेष्टुरेन्टमा क्रिसमस सलेब्रेसनको रौनक। येशू ख्रीष्टको जन्मको अवसरमा शुभकामना आदानप्रदानमा उपहार साटासाट र स्वागत सत्कारमा व्यस्त चर्चहरु । हिजो आज अझै शान्ति र्‍याली आदिमा चर्चहरू व्यस्त छन्। येशू ख्रीष्टको जन्मोत्सवमा अर्थात क्रिसमस डे मा सहानुभूति र सहभागिता उल्लेख्य छ । सजिलैसँग क्रिसमस पनि चाडपर्वको

Read More…


येशू मान्नेहरू चिसो सिरेटोमा कति साह्रो कराएका हुन्?

क्रिसमस ट्रि र झिलिमिली बत्ती । ठाउँ ठाउँमा क्यारोल सिङगिङ, डान्स । सजिसजाउ चर्चहल, होटेल, रेष्टुरेन्टमा क्रिसमस सलेब्रेसनको रौनक। येशू ख्रीष्टको जन्मको अवसरमा शुभकामना आदानप्रदानमा उपहार साटासाट र स्वागत सत्कारमा व्यस्त चर्चहरु । हिजो आज अझै शान्ति र्‍याली आदिमा चर्चहरू व्यस्त छन्। येशू ख्रीष्टको जन्मोत्सवमा अर्थात क्रिसमस डे मा सहानुभूति र सहभागिता उल्लेख्य छ । सजिलैसँग क्रिसमस पनि चाडपर्वको रूपमा विश्वव्यापीरूपमा स्वीकारिएको छ। क्रिसमसको मुख्य सन्देशयेशू ख्रीष्ट जन्मनुको कारणछोटो सन्देशले यो रमाइलो समयमा सत्यतालाई बुझाओस्।येशू ख्रीष्ट जन्मनुभएको सत्यताचाहिँ चाडपर्वको रमाइलोमा नहरा‍ओस्। आज वश्वव्यापीरूपमा क्रिसमस ट्री  सजिएको देखेपछि सजिलै बुझ्न सकिन्छ क्रिसमस आयो भनेर । Read More…


यो पृथ्वी कसरी श्रृष्टि भयो?

परमेश्वरको वचन बाइबलले भन्दछ, सुरूमा शुन्य थियो केही पनि थिएन। परमेश्वरका आत्मा परिभ्रमण गर्नुहुन्थ्यो। परमेश्वर पृथ्वीको सुरुवात हुनुभन्दा पहिले देखि नै हुनुहुन्थ्यो। परमेश्वरको के योजना भएर पृथ्वी सृष्टि गर्नुभयो? सृष्टि गर्न कुनै न कुनै उद्देश्य त हुनु पर्छ। उहाँको वचनले भनेअनुसार सुरूमा परमेश्वरले आकाश र पृथ्वी श्रृष्‍टि गर्नुभयो। अनि पृथ्वी शून्य थियो। पृथ्वीमा केहि पनि थिएन।

उत्पत्तिको पुस्तक 1

Read More…