बाढी र पहिरोबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५८

पोखरा, श्रावण २९, शुक्रबारदेखि लगातार भएको वर्षाको कारण आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ५८ पुगेको छ र दर्जनौ मानिसहरू वेपत्ता भएको कुरा गृहमन्त्रालयले जनाएको छ। । लगातार भएको वर्षाले पूर्वदेखि पश्चिमसम्मको तराईको भूभाग डुबानमा पर्नुका साथै बाढीले जनधनको ठूलोमात्रामा क्षति पुर्‍याएको छ। साथै केही पहाडी जिल्लाहरुमा बाढीपहिरोले ठूलो जनधनको नोक्सानी पुर्‍याएको छ। देशभर भएको निरन्तर वर्षाले हजारौं मानिसहरू विस्थापित भएका छन्। उद्दारको काममा समेत अप्ठ्यारो भएको छ।  हालसम्म सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ  भने

रौतहटमा ७, मोरङमा ५ तथा झापा, बाँके र सिन्धुलीमा ४/४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी सल्यानबाट घोराहीतर्फ आउँदै गरेको ना ३ ख ३२३० नम्बरको बसलाई ढुङ्गाले किच्दा एकजनाको मृत्यु भएको छ  भने रौतहटमा बाढीले जीप बगाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ।
अहिले बेलूकादेखि नारायणगढ मुग्लीन सडकखण्डमा यातायात सुचारू भएका छन्।

Comments

comments