आमाको प्यारो छोराले एयरपोर्टमा छोडेर अमेरीका

एउटी बुढीको एउटामात्रै छोरो थियो । उसलाई DV परेर अमेरिका गएको थियो । एकदिन छोराले फोन गरेर भन्यो:”आमा म नेपाल आउँदैछु ।” छोराको कुराले आमा असाध्यै खुशी भइन् । छोरो आउने दिन गन्न थालिन् । एकदिन छोरो आयो । आमा खुशी भइन् । केहि दिनपछि छोराले भन्यो:”आमा अब यो नेपालको सबै सम्पत्ती बेचेर हामी अमेरिका जानुपर्छ ।” आमालाई आफ्नो पुर्ख्यौली सम्पत्ती बेच्ने मन त थिएन तर आफ्नो मुटुको टुक्रा छोरा नै अमेरिका भए पछि छोरैसँग उतै जान्छु भन्ने बिचारले बेच्ने मञ्जुरी दिइन् । सबै सम्पत्ती बेचेपछि छोराले भन्यो: आमा आज हामी अमेरिका जानुपर्छ । छोराले आमालाई एयरपोर्ट लिएर गयो । एयरपोर्टमा गएर प्रतिक्षालयमा बसाउँदै भन्यो: आमा तपाई एकैछिन

बस्दै गर्नु म टिकट लिएर आउँछु । यति भनेर छोरो भित्र गयो । आधा घण्टा भयो छोरो आएन । 2 घन्टा बित्यो 5 घन्टा बित्यो छोरो आएन । अझै छोरो आउने आशमा बसिरहिन् । रातको 12 बजिसक्यो तैपनी छोरो आएन । एउटा एयरपोर्ट कर्मचारी आएर भन्यो: आमा तपाई धेरै बेर देखि यहि बसेको देखेको छु । किन बस्नु भाको कोही बिदेशबाट आउँदैछ र ? बुढी: होइन बाबु । मेरो छोरो अमेरिका जानको लागि टिकट काट्न गाछ । उसैलाई कुरेर बसेको । कर्मचारी: अमेरिका? अमेरिका जाने प्लेन त 3 बजे नै गइसक्यो । तपाईको छोराको नाम के हो ? बुढीले छोराको नाम भनेपछि कर्मचारीले अमेरिका जाने लिष्टमा चेक गरेर भन्यो: आमा तपाइको छोरो त 3 बजेको प्लेनमा गइसक्नु भएछ । कर्मचारीको कुरा सुन्ने बित्तिकै बुढी केही बोल्न सकिनन् । आँखाबाट आँशु मात्र खसिरह्यो । एकोहोरी भइन् । उनी त्यहाँबाट हिडिन् । घर जाउँ घर छैन अब बाँचेर के गर्नु भनेर नदिमा हाम्फालेर आत्महत्या गरिन् ।

Comments

comments