****बुझ्‍ने प्रयास गर्दा पनि बुझ्‍न नसकेको कुरा****

अहिले सामाजिक सञ्‍जालमा देखिएका टिका टिप्पणीहरूले अनलाइन समाचार साइटहरूमा खुबै चर्चा बटुलेका छन्। वक्तव्यहरू हेर्दा ख्रीष्टियन धर्म पनि कुनै राजनीतिक दल हो भन्ने बुझिन्छ। अब स्थानिय मण्डलीहरू प्रार्थान संगतिमा अलि बलियो  हुने कि? स्थानीय चर्चको संगतिभन्दा संयूक्तरुपमा गरिएका एउटा व्य्कतिको निर्णयमा हुने संगतिहरूलाई सहभागि हुन उचित देखिदैन।

पहिला पहिलाका मण्डलीहरूले विहान ४ बजेर उठेर चर्चमा गएर घुँडा टेकेर सबैको लागि प्रार्थना गर्थे। पालै पालो प्रार्थना गर्थे। कसैले इसाई भनि विरोध गरे पनि धन्यवाद भन्थे। तर पनि कहिल्यै इसाईहरूको हक हितको लागि भनेनन्। हक हित भनेकै प्रार्थना थियो।  धेरै आशिष् महशुस गर्थे। मण्डलीमा जागृति थियो।
समय परिवर्तनसँगै हिजो आज प्रार्थना गर्ने शैलीमा पनि परिवर्तन आएको छ। 

अहिलेका कुनै कुनै प्रार्थना सभाहरूमा ठूला व्यानर राखिन्छन्। पास्टर नेताहरू (पास्टर पनि नेता पनि) अगाडि आसन ग्रहण गर्छन्। हक र अधिकारका कुरा गर्छन्। नेताहरू मन्तव्य राख्छन ख्रीष्टियनको हक हितको लागि भनेर। अनि तिनै नेताले कानून पास गर्छन धर्म परिवर्तन गराए ५ वर्ष जेल र ५० हजार जरिवाना भनेर।
क्रम चलिरहन्छ…     प्रधानमन्त्रीलाई विज्ञप्ति बुझाउन जान्छन् पास्टरहरू, मेडियामा समाचार छ्याप्ती बन्छन्। आफ्नै ख्रीष्टियन दाजु भाइहरूले नै सबै भन्दा पहिले आलोचना गर्छन्, सामाजिक सञ्‍जालमा सूचना राख्छन्, भ्रममा नपर्न सामान्य ख्रीष्टियन समूहको नाटक भनेर। एकदिन पछि लुरुङ लुरुङ उच्च स्तरको समूह भनेर त्यही बिज्ञप्ती बुझाउन जान्छन्।  समाचार बन्छ कुनै दललाई भोट दिन सघाउने भनेर। (फाइदा लिने समूहले दुइवटैमा समस्या देखाएर आफूलाई माथी राख्‍न पनि प्रयास गरिरहन्छन्)

अब विचार गर्नुपर्‍यो चर्चमा सेवा गर्नको लागि अभिषिक्त गरिएका पास्टर ज्यूहरू… तपाईहरूको सामान्य समूह र उच्च स्तरका समूहले नेपालका मण्डलीलाई र आउने युवा पिढींलाई कस्तो सन्देश दिँदै हुनुहुन्छ?? ख्रीष्टको मण्डलीमा कस्तो गवाही दिँदै हुनुहुन्छ?  कहिल्यै गम्भिर भएर प्रार्थना गर्नुभएको छ?? सोच्‍नु भएको छ??  सामान्य समूह र उच्च स्तरीय भनेर भनेर मुल्याङ्‍कन गर्नेले, तपाईहरूको चर्तिकला हेरेर कलम चलाउने यूवाहरु कुन समूहमा पर्छन??  उत्तर पाउन सकिन्छ कि?? हैन भने अब ख्रीष्टियन शब्द लेखेका संस्था र व्यानरलाई पट्याएर झोलामा पो राख्‍ने हो कि??

ख्रीष्टको नाउँमा विश्वास गरेर पाउने कष्टभन्दा को ठूलो भन्ने लडाई र कुन पार्टीलाई भोट दिने भन्ने लडाईले अहिलेका मण्डलीलाई समस्यामा पार्ने हुनकि भन्ने डर ह्‍वातै बढेको छ। बाइबलमा स्पष्ट लेखिएको छ बरदानहरूको बारेमा प्रशासन चलाउनेले वा राजनीति गर्नेले राजनीति गरोस। प्रचार गर्नेले प्रचार गरोस, मण्डलीको सेवा गर्नेले मण्डलीको सेवा गरोस्।आफूलाई दिइएको बरदान अनुसार चलेमा मण्डलीहरूमा धेरै जागृति आउनेछ। किन खिचा तानी गर्नुपर्‍यो?

Comments

comments

Leave a Reply