यदि जग नै नष्‍ट हुन्‍छन्‌ भने, धर्मी जनले के गर्न सक्‍छन्‌ र?”

Daniel prophet prayer . Bible Daniel 9 . How to pray

विश्वका मानिसहरूको  लागि प्रार्थना 

कोरोना भाइरस (COVID-19) ले यतिबेला विश्वलाई नै त्रसित बनाएको छ। WHO को मार्च २२ सम्मको जानकारीअनुसार १८५ वटा देशहरुमा कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसबाट हालसम्म २६७,०१३ जना  संक्रमित भएका छन भने ११,२०१  जनाको मृत्यु भएको छ।
विश्वभरी नै विभिन्न कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि देशहरूले विभिन्न विधिहरू अपनाएका छन् । साथै धार्मिक आश्था राख्‍नेहरू विभिन्न धर्मावलम्बीहरूले आआफ्नै तरिकाले प्रार्थना गर्दैछन्।

नेपालमा पनि कोरोना भाइरस नेपालमा नआओस भनि विभिन्न धर्मावलम्बहीरूहले आआफ्नै तरिकाले धार्मिक रितिहरू अपनाउदैछन्। नेपालका चर्चहरू भने, साना साना समूहरूमा तथा घरेलु संगतिमा परिनत भएर प्रार्थना गरिरहेको अवस्था छ।

कोरोना भाइरसको संक्रमण फैलिदै गइरहेको अवस्थामा Lausanne/WEA Creation Care Network (लुजान क्रियसन केयर नेटवर्क)ले भने विश्वभरीका देशका मानिसहरूको लागि ( परमेश्वरका जनहरूको लागि)  मार्च २२ को मध्यान्हमा प्रार्थनाको आह्वान गरेको छ। क्रियसन केयर नेटवर्कले  प्रार्थनाको लागि दानिएल ९ :४-१९ सम्म अध्ययन गरेर परमेश्वरसँग  प्रार्थना गर्न लागेको छ।

Psalm 11:3

3  यदि जग नै नष्‍ट हुन्‍छन्‌ भने, धर्मी जनले के गर्न सक्‍छन्‌ र?”

  When the foundations are being destroyed,
    what can the righteous do?”

 

Read More…


कोडाक फिल्म क्यामेराले खिचेको जमानाको तस्बिर

This picture was taken in Dobilla, Pokhara during picnic of Christmas.

पोखराको दोबिल्लामा धेरै पहिले खिचेको तस्बिर फेला पर्यो । उतिबेला कोनिका, कोडाक फिल्म क्यामेरा (रिल भएको क्यामेरा) ले फोटो खिचिन्थ्यो। फोटो खिच्नेले, एउटा आँखा बन्द गरेर अर्को आँखाले हेरेर रेडि….भनेर फोटो खिचेको पनि याद आउँछ। विभिन्न पोजिसनमा बसेर Read More…


जुन गतिमा राजनीतिक परिवर्तन भयो त्यही गतिमा विकास नहुँदा, नकरात्मक सोचको विकास

जुम्लामा स्याउको विक्री भनेजस्तो हुन नसक्दा बनाइएका गोल्डेन स्याउका चाना।

हिजो आज मानेछेको सोँच कस्तो छ। विश्वमा विकासले कस्तो गति लियो? के हुँदैछ? राजनीतिक खेल कस्तो हुँदैछ? सबै सजिलै सामाजिक सञ्‍जालबाट तुरुन्तै थाह हुन्छ। कति असत्य पनि होलान कति सत्य पनि छन्। युवाहरूको फुर्सद छ, हात हातमा माोबाइल वा मेडिया डिभाइसहरु छन् जसले गर्दा विश्वमा के कस्तो हुँदैछ थाह गर्न सक्छन्। त्यसपछि आफ्नो क्षेत्र वा देशसँग तुलना गर्न सम्म भ्याउछन्। अन्य देशको तुलनामा आफ्नो देशलाई सुन्यमा देख्छन्। अनि भविष्य नेपालमा होइन अन्या देशमा देख्न थाल्छन्। अर्को पक्ष नेपालमा भएको घटनाहरू राम्रो भन्दा नकरात्मक बढी देखिने हुनाले पनि वितृष्णा जागेर आउँछ। अनुभवीहरूको अनुभव पनि दुखद मात्रै मेडियामा आउँछन्।

अबको समयमा युवा पुस्तालाई उत्पादनमुलक कार्यमा उन्मुख गराउन राज्य र सम्बन्धित अन्तराष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्थाहरूले व्यवसायीक शिक्षा, शिप, हौसला, सहुलियत ऋण र उत्पादनको सुरक्षा ( Products Insurance) को व्यवस्था गरेर उत्पादनलाई निर्यात गर्न तर्फ लाग्न सके राज्यले चाहेको समृद्धिको बाटोमा अग्रसर हुने निश्चित छ।

Read More…


संविधान विश्वकै नमूना भएपनि नेपालीलाई विदेशीने मोह झन बढ्दै

तस्बिर जनबोलीबाट

EDV भर्नको लागि पासपोर्ट नम्बर अनिवार्य चाहिने भएपछि बनाउनेहरूको भींड ह्वात्तै बढेको समाचार बाहिरिएको छ। अबदेखि अमेरिकी सरकारले सन् २०२१ का लागि इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) को आवेदन खोलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउनेको भीड लाग्न थालेको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि देशमा राम्रो शुसासन, आफ्नो भूमिमा कुनै व्यवसाय गरेर बस्‍न सक्ने, रोजगारीको निश्चयता हुन्छ भन्ने आशा धेरै युवाहरूमा थियो। नेपालमा नै स्वरोजगारको वातावरण बनाउने, रोजगारीको लागि विदेश जान नपर्ने बनाउने लक्ष्यलाई बहुमतको सरकारले पनि खासै कार्यान्वयन  गराउन नसक्दा विदेश जानेको संख्यामा कुनै कमि आएको तथ्याङ्क बाहिरिएको छैन।

Read More…


Kanyam, Ilam