नेपालका वरिष्ठ पास्टर रोबर्ट कार्थकले ९६ वर्षको उमेरमा प्रभुमा विश्राम लिनुभएको छ

Nepal’s a senior Pastor Robert Karthak has gone to be with the Lord. 

जेठ ४, काठमाडौं। नेपालको ख्रीष्‍टियन मण्डलीका प्रभुका अभिषिक्त र ख्रीष्‍टको सेवाको निम्ति समर्पित जन आदरणीय पास्टर रोबर्ट कार्थक ९६ वर्षको उमेरमा आज विहान प्रभुमा विश्राम लिनुभएको छ। नेपाली ख्रीष्टियन इतिहासमा आफ्नो सम्पूर्ण जीवन सेवाको निम्ति समर्पण गरेर, ख्रीष्‍टको अनुकरणिय जिवन जिउदै नेपाली ईशाई मण्डली ज्ञानेश्वर चर्चमा पास्टर रोवर्ट कार्थक  सेवारत  हुनुहुन्थ्यो। उहाँको सेवा क्षेत्र ज्ञानेश्वर चर्चमा भए पनि उहाँले नेपालका विभिन्न स्थानहरू, साथै विदेशी भूमिमा समेत ख्रीष्‍टको मण्डली स्थापना गर्नमा पुर्‍याउनु भएको ठूलो योगदानलाई नेापाली चर्चहरूले कहिल्यै विर्सने सक्ने छैनन्।  नेपालका मण्डलीहरूलाई एउटा नमूनाको जीवन जिउन प्रेरणा दिएर प्रभुमा विश्राम लिनुभएको छ। Read More…


पत्याउनै नसकिने, प्रशस्त प्रमाणहरू भएको एउटा घटना, येशूको मृत्यु र तेस्रो दिनमा मृत्युबाट जिवीत

क्रूसमा येशूको मृत्यु हेर्दा दु:खद भएपनि सारा मानव जातिको लागि सबैभन्दा ठूलो विजय हो। येशू ख्रीष्‍टको मृत्यु र पुनरूत्थानद्वारा सबै माननको निम्ति परमेश्वरको उपस्थितिमा जाने ढोका खोलिएको छ।

येशूलाई क्रूसमा टाँगेर सफल भयौ भन्ने यहूदी प्रधान पूजाहारीहरूले येशूलाई गिल्‍ला गर्नसम्म गरे। मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्‍ला गर्दै भने:

* “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्‌, र हामी यसलाई विश्‍वास गर्नेछौं” Read More…


आजदेखि नेपालमा पनि पहिलो पटक ४ लाख ३० हजार व्यक्तिलाई कोभिड विरूद्धको भ्याक्सिन

आजदेखि ६६ जिल्लामा १२० स्थानहरूबाट कोभिड-१९ विरुद्दको भ्याक्सिन दिन सुरू। पहिलो चरणमा ४लाख ३० हजार अग्रपंकिमा कार्यरत स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूले भ्याक्सिन लिदैछन्।

भारत सरकारले अनुदान सहयोगस्वरुप नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको हो। भारतबाट उत्पादित भ्याक्सिन तेस्रोपटकसम्म परिक्षण गरिएको थियो। भारतमा लाखौ व्यक्तिहरूले भ्याक्सिन लगाइसकेका छन्। भारतबाट उत्पादित भ्याक्सिनमा नेपालमा अझै केहि त्रास र भ्रमहरू छन्।

 


घरभित्रै बसौ कोरोना भाइरसलाई जितौ भनेर मात्रै नहुने ?

आज लकडाउनको ७४ औं दिन।
नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ। तीमध्ये ३३३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ११ जनाको मृत्यु भएको छ।  कोरोना भाइरसबाट संक्रमित भएर मर्नेहरूको संख्याभन्दा आत्महत्या गरेर मर्नेको संख्यामा वृद्धि भएको देखिएको छ।
चैत्र ११ गतेदेखि सुरू भएको लकडाउन अवधिभरी नेपालमा ९८२ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयले बताएको कुरा सञ्‍चारमाध्यमबाट सार्वजनिक भएको छ। लकडाउनभन्दा पहिले औषत दैनिक १० जनाले आत्महत्या गर्थे भने लकडाउनमा औषत  दैनिक १५ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ।

Read More…


कोरोना भाइरसबाट संक्रमित हुने देशको संख्या १९० पुग्यो: WHO, नेपालमा एकसाताको लागि लकडाउन।

Source: WHO

काठमाडौं-२४ मार्च २०२०। अहिले विश्वभरी फैलिरहेको नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले “कोभिड-१९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा पनि गरिसकेको छ। कोरोना भाइरसले विश्वमा नै मानिस त्रसित भइरहेका छन्। श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग भएकोले देशमा मानिसको भीडबाट टाढै आइसोलेसन मा बस्‍न सुझाब दिइएको छ। संक्रमित व्यक्तिले खोक्दा अथवा ह्याछयु गर्दा नाक, मुखबाट निसक्ने श्वास र छिटाबाट अर्को व्यक्तिमा रोग सर्दछ।  Read More…