ख्रीष्टको चरित्र धारणा गरेको व्यक्तित्व

“कसैले एउटा गालामा हान्यो भने अर्को गाला थापिदेओ”। येशूले सिकाउनु भएको यो शिक्षालाई कसैले प्रयोग गरेको छ भने धेरै राम्रो। तर आफूले प्रयोग गरेर उदाहरण दिएको कुरा कहिँ कतै पनि सुन्न पाइएको छैन। यही उदाहरण रबि दाईले धेरै वर्ष पहिला आफैले गाडि चलाएर कतै जाँदा साइकल चालकलाई अलिकति ठक्कर दिनुभएछ।रिसको झोंकमा साइकल चालक सरासर आएर रबि दाइलाई गालामा झापड हानेछ। रबि दाईले अर्को गाला थापेर भाइ मलाई फेरी पनि अर्को गालामा झापड हान्नु हान्नु भनेर गाला थापिदिनुभएछ । साइकल वाला रिसाएको व्यक्ति उहाँको कुरा सुनेर अचम्मित भएछ । केहि शब्द नबोलिकन साइकल चढेर गएछ। Read More…


तपाईंले पाप गर्नुभयो भने कसरी परमेश्वरलाई असर गर्छ?

"यदि तपाईंले पाप गर्नुभयो भने त्यसले कसरी परमेश्वरलाई असर गर्छ?
...तपाईंको दुष्टताले आफूलाई जस्तो व्यक्तिलाई असर गर्छ। ”
अय्यूब ३५:६,८ HCSB

Read More…


चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ

"चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ,
र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ”।
हितोपदेश 17:28 ESV

Read More…


येशू मान्नेहरू चिसो सिरेटोमा कति साह्रो कराएका हुन्?

क्रिसमस ट्रि र झिलिमिली बत्ती । ठाउँ ठाउँमा क्यारोल सिङगिङ, डान्स । सजिसजाउ चर्चहल, होटेल, रेष्टुरेन्टमा क्रिसमस सलेब्रेसनको रौनक। येशू ख्रीष्टको जन्मको अवसरमा शुभकामना आदानप्रदानमा उपहार साटासाट र स्वागत सत्कारमा व्यस्त चर्चहरु । हिजो आज अझै शान्ति र्‍याली आदिमा चर्चहरू व्यस्त छन्। येशू ख्रीष्टको जन्मोत्सवमा अर्थात क्रिसमस डे मा सहानुभूति र सहभागिता उल्लेख्य छ । सजिलैसँग क्रिसमस पनि चाडपर्वको रूपमा विश्वव्यापीरूपमा स्वीकारिएको छ। क्रिसमसको मुख्य सन्देशयेशू ख्रीष्ट जन्मनुको कारणछोटो सन्देशले यो रमाइलो समयमा सत्यतालाई बुझाओस्।येशू ख्रीष्ट जन्मनुभएको सत्यताचाहिँ चाडपर्वको रमाइलोमा नहरा‍ओस्। आज वश्वव्यापीरूपमा क्रिसमस ट्री  सजिएको देखेपछि सजिलै बुझ्न सकिन्छ क्रिसमस आयो भनेर । Read More…


पूर्व मन्त्री ज्ञवालीले जाँदाजादै आम्दानी र खर्च सार्वजनिक गरेर नेपालको राजनीतिमा एउटा उदाहरणीय शिक्षा

काठमाडौं-जेठ २२, शुक्रबार मन्त्रीपरिषद्को पुनर्गठनपछि परराष्ट्रमन्त्री पदबाट मुक्त भएपछि पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पदभार सम्हालेको अवधिभरको सबै आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको छ। साथै सम्माननीय प्रधानमन्त्री र समूहप्रति आभार व्यक्त गर्दै नयाँ मन्त्रीहरूलाई बधाई तथा शुभकामना पनि दिनुभएको छ।  पूर्व मन्त्री ज्ञवालीले आफूलाई मत दिएका जनताप्रति पनि कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपालको राजनीतिमा ज्ञवालीले पदभारबाट विदा लिंदैगर्दा गरेको धन्यवाद तथा आधारको साथै आफ्नो आय व्यय सार्वजनिक गर्नुले आउने पीढिँलाई एउटा उदाहरणीय शिक्षा दिनुभएको छ। Read More…